२२ माघ २०७९, आइतबार | Sun Feb 5 2023

महासंघले भन्यो, ‘पत्रकारलाई नधम्क्याउ’




बिर्तामोड– नेपाल पत्रकार महासंघ झापाले समाचार प्रशारणको विषयलाई लिएर टेलिभिजनकर्मी पूजन घिमिरेलाई ध्म्क्याइएकोप्रति आपत्ति प्रकट गरेको छ । महासंघले आज विज्ञप्ति निकालेर पत्रकार घिमिरेलाई धम्क्याइएको घटनाप्रति खेल व्यक्त गरेको हो ।

इलामको माइ नगरपालिकामा निर्माणाधीन फनपार्कले सरकारी जग्गा अतिक्रमण गरेको विषयमा पत्रकार घिमिरेले आफू कार्यरत सगरमाथा टेलिभिजनमा रिपोर्ट प्रशारण गरेका थिए ।

समाचारको विषयलाई लिएर नेकपा एमाले माई नगर कमिटीका अध्यक्ष खम्मासिंह लिम्वू र उपाध्यक्ष नरेन्द्रबहादुर खँड्काले पत्रकार घिमिरेलाई धम्क्याएको महासंघका सचिव डिकेश लामाले बताए ।

महासंघले समाचारको विषयलाई लिएर पत्रकार नधम्क्याउन र हतोत्सायी बनाउने कार्य अविलम्ब बन्द गर्न सरोकारवालालाई सचेत पनि गराएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार ००:००  १० : २४ बजे