१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

बिर्तामोडमा व्यक्तिगत घटना दर्ता शिविर




बिर्तामोड- बिर्तामोड नगरपालिकाले बुधवारदेखि वडागत रुपमा व्यक्तिगत घटना दर्ता शिविर सुरु गरेको छ । वडा नम्वर १ बाट शिविर शुभारम्भ भएको हो । नगरका प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेले शिविरको उद्घाटन गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले स्थानीय चन्द्रप्रसाद ढकाल र निशा खड्कालाई विवाह दर्ता र ओमबहादुर लिम्बुलाई वसाईसराईको प्रमाणपत्र प्रदान गर्दै शिविर उद्घाटन गर्नु भएको हो ।

वडाध्यक्ष अग्निप्रसाद पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको हो । शिविरमा व्यक्तिगत घटना र सामाजिक सुरक्षासँग सम्वन्धित विषय दर्ता हुन्छ । शिविर असार १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुन्छ ।

प्रत्येक वडाका विभिन्न स्थानमा तीन दिनसम्म शिविर सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार ००:००  १० : ०० बजे