- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
झापा– नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कामलाई गतिशील र प्रभावकारी बनाउन अनुगमन संयन्त्र गठन गर्ने तयारी गरेको छ । उनीहरुको काम नियमित अनुगमनका लागि कांग्रेसले संयन्त्र बनाउने तयारी गरेको हो।
पार्टीका स्थानीय समिति र निर्वाचित जनप्रतिनिधिबीच तालमेलमा फराकिलो दूरी देखिएकाले समन्वयका लागि पनि संयन्त्र आवश्यक रहेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताउनु भयो ।
पार्टीबाट संस्थागत अनुगमनको प्रवन्धमार्फत जनप्रतिनिधिलाई निरन्तर सुझाव र सहयोगका साथै काम कर्तव्यप्रति जिम्मेवार बनाउने खड्काले बताउनु भयो ।
संयन्त्र समितिको विषयमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने देशभरिबाट निर्वाचितलाई पार्टीले केन्द्रबाटै सहजीकरण र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने पार्टीको कर्तव्य भएको बताउनु भयो।