- लीला अनमोललाई ‘मनोजबाबु ओली साहित्य पुरस्कार’
- झापा रक स्टारको ग्र्याण्ड फिनाले असार २६ गते
- अर्जुनधारामा दुई करोडको व्यावसायिक लन्ड्री उद्योग
- ड्रक्स खाएर बस चलाउने ५ जना चालक पक्राउ
- वित्तीय कारोवारमा सिम्रिक सहकारी उत्कृष्ट
झापा– नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कामलाई गतिशील र प्रभावकारी बनाउन अनुगमन संयन्त्र गठन गर्ने तयारी गरेको छ । उनीहरुको काम नियमित अनुगमनका लागि कांग्रेसले संयन्त्र बनाउने तयारी गरेको हो।
पार्टीका स्थानीय समिति र निर्वाचित जनप्रतिनिधिबीच तालमेलमा फराकिलो दूरी देखिएकाले समन्वयका लागि पनि संयन्त्र आवश्यक रहेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताउनु भयो ।
पार्टीबाट संस्थागत अनुगमनको प्रवन्धमार्फत जनप्रतिनिधिलाई निरन्तर सुझाव र सहयोगका साथै काम कर्तव्यप्रति जिम्मेवार बनाउने खड्काले बताउनु भयो ।
संयन्त्र समितिको विषयमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने देशभरिबाट निर्वाचितलाई पार्टीले केन्द्रबाटै सहजीकरण र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने पार्टीको कर्तव्य भएको बताउनु भयो।


















