१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

सरकारद्वारा आइतबारको साप्ताहिक बिदा खारेज



झापा– सरकारले आइतबार दिँदै आएको साप्ताहिक बिदा खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले अब असार १ देखि शनिबार मात्र सार्वजनिक बिदा हुने बताउनु भयो । पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै वैशाख २६ गते बसेको मन्त्रिपरिषद बैठकले आइतवार पनि बिदा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार ००:००  ७ : ४७ बजे