- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
अर्जुनधारा– अर्जुनधारा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिका लागि तीनदिने अभिमुखिकरण तालिम आजदेखि शुरु भएको छ ।
नागरिकतासम्बन्धि ऐन, भूमि प्रशासन सम्बन्धि ऐन, योजना तर्जुमा तथा स्थानीय सरकार सञ्चालन सम्वन्धि ऐनमा भएकाबारे जनप्रतिनिधिलाई तालिम दिन सुरु गरिएको हो ।
जेठ १८ गते बसेको कार्यपालिकाको बैठकले निर्णय गरेअनुसार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई तालिमको आयोजना गरीएको नगरपालिकाले जनाएको छ ।
एक कार्यक्रमबीच तालिमको उद्घाटन नगर प्रमुख बलदेव सिंह गोम्देनले गरेका हुन् । तालिममा प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत मोहनलाल पनेरूले सहजीकरण गरेका छन् ।
तीन दिनसम्म चल्ने तालिममा उपप्रमुख खड्गमाया पराजुलीसहित ११ वटाका वडाध्यक्ष तथा बोर्ड सदस्यहरुको सहभागिता रहेको छ ।