- प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा वरिष्ठताको आधार तोडियो : बस्नेतले जनाए आपत्ति
- समाज सुधार दिवसको अवसरमा बिर्तामोडमा दीप प्रज्वलन
- विवादमा तानिए गायक रामकृष्ण ढकाल
- पत्रकार महासङ्घ झापाको साधारणसभा : विज्ञापन नीतिप्रति तीव्र असन्तुष्टि
- बालक्लबका पदाधिकारीलाई प्रतिवेदन लेखन तालिम
अर्जुनधारा– अर्जुनधारा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिका लागि तीनदिने अभिमुखिकरण तालिम आजदेखि शुरु भएको छ ।
नागरिकतासम्बन्धि ऐन, भूमि प्रशासन सम्बन्धि ऐन, योजना तर्जुमा तथा स्थानीय सरकार सञ्चालन सम्वन्धि ऐनमा भएकाबारे जनप्रतिनिधिलाई तालिम दिन सुरु गरिएको हो ।
जेठ १८ गते बसेको कार्यपालिकाको बैठकले निर्णय गरेअनुसार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई तालिमको आयोजना गरीएको नगरपालिकाले जनाएको छ ।
एक कार्यक्रमबीच तालिमको उद्घाटन नगर प्रमुख बलदेव सिंह गोम्देनले गरेका हुन् । तालिममा प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत मोहनलाल पनेरूले सहजीकरण गरेका छन् ।
तीन दिनसम्म चल्ने तालिममा उपप्रमुख खड्गमाया पराजुलीसहित ११ वटाका वडाध्यक्ष तथा बोर्ड सदस्यहरुको सहभागिता रहेको छ ।
















