- बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा सुरु : वैदेशिक रोजगारीमा जानेलाई पनि सहयोग
- निःशुल्क आँखा शिविरमा ४२१ जनाको परीक्षण
- बिर्तामोडमा असोज ३० गते ‘जमरा एण्ड द बिट्स’, तीन हजार दर्शक सहभागी हुने अनुमान
- बिर्तामोडको किङ्सबरी अब र्याडिसन ब्रान्डमा : थप १०० करोड लगानी गर्ने तयारी
- सर्पदंशबाट नेपालमा वर्षेनि एक हजारको मृत्यु, जनचेतना फैलाउन झापा र मोरङमा कार्यक्रम
झापा– नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले सातवटै प्रदेश कमिटीका अध्यक्षलाई पार्टी अनुशासन उलङ्घन गर्ने नेता कार्यकर्ताको सूची पठाउन निर्देशन दिएको छ ।
स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारमाथि अन्तर्घातको अवस्था र त्यसमा संलग्न नेता–कार्यकर्ताको सूची पठाउन आयोगले प्रादेशिक तहमा पत्राार गरेको हो ।
आयोगका अध्यक्ष केशव बडालले सातवटै प्रदेश कमिटीका अध्यक्षलाई चुनावमा अन्तर्घातको स्थिति र नेता कार्यकर्ताको भूमिकाबारे जानकारी पठाउन पत्र लेखेको बताउनु भयो ।
आयोगले अर्को बैठक ३१ जेठका लागि बोलाएको छ । अनुशासन उल्लंघनका विषयमा कतैबाट औपचारिक उजुरी नपरे पनि आयोगले पत्राचार गरेरै सूची संकलनमा सक्रियता देखाएको हो ।


















