- शिवसताक्षीमा साबुन र बुके बनाउने तालिम
- एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान
- प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म
- करका दरमा फेरबदलको आरोप : अर्थमन्त्री वाग्ले दबाबमा
झापा– नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले सातवटै प्रदेश कमिटीका अध्यक्षलाई पार्टी अनुशासन उलङ्घन गर्ने नेता कार्यकर्ताको सूची पठाउन निर्देशन दिएको छ ।
स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारमाथि अन्तर्घातको अवस्था र त्यसमा संलग्न नेता–कार्यकर्ताको सूची पठाउन आयोगले प्रादेशिक तहमा पत्राार गरेको हो ।
आयोगका अध्यक्ष केशव बडालले सातवटै प्रदेश कमिटीका अध्यक्षलाई चुनावमा अन्तर्घातको स्थिति र नेता कार्यकर्ताको भूमिकाबारे जानकारी पठाउन पत्र लेखेको बताउनु भयो ।
आयोगले अर्को बैठक ३१ जेठका लागि बोलाएको छ । अनुशासन उल्लंघनका विषयमा कतैबाट औपचारिक उजुरी नपरे पनि आयोगले पत्राचार गरेरै सूची संकलनमा सक्रियता देखाएको हो ।
















