
मेयर उपमेयरसहित वडाध्यक्षलाई सम्मान
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
बिर्तामोड- रिभर साइड फाउण्डेसनले बिर्तामोडमा निर्वाचित जनप्रतिनिधिका लागि आइतवार बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा फाउण्डेसनले नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्र सङ्ग्रौलासहितका जनप्रतिनिधिलाई बधाई दिँदै सम्मान गरेको हो ।
कार्यक्रममा १० वडै वडाका अध्यक्षसहित फाउण्डेसनका आजीवन सदस्य बाह्रदशी गाँउपालिकाको अध्यक्षमा निर्वाचित देवेन्द्र चम्लागाई, अर्जुनधारा–६ का अध्यक्ष हरिश बाँस्तोला लगायतलाई सम्मान गरिएको छ ।
संस्थाका सचिव राजकुमार ओलीका अनुसार निर्वतमान अध्यक्ष सन्जिव चापागाइँले सञ्चालन गरेको कार्यक्रममा महिला उपाध्यक्ष तारा कार्कीले स्वागत गरेकी थिइन् । संंस्थापक अध्यक्ष बलभद्र प्रसाई तथा पूर्व अध्यक्ष लव घिमिरेले फाउण्डेसनको बारेमा प्रकाश पारेका थिए ।