२२ माघ २०७९, आइतबार | Sun Feb 5 2023

निजामती कर्मचारी संगठनद्धारा नेता कार्की सम्मानित



बिर्तामोड- बिर्तामोड नगरका सेवा निवृत्त अधिकृत देवराज कार्की सम्मानित हुनु भएको छ । नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ ले आज उहाँलाई सम्मान गरेको हो ।

निजामति क्षेत्रमा गरेको योगदानको कदर गर्दै कार्कीलाई सम्मान गरिएको छ । उदयपुरको गाइघाटमा आयोजित प्रथम अधिवेशनका अवसरमा कार्की सम्मानित हुनु भएको हो ।

निजामति क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएका कार्की हाल नेकपा एमाले बिर्तामोड नगर कमिटीका इञ्चार्ज हुनुहुन्छ । जागिरे जीवनपछि राजनीतिमा उहाँको सक्रियता बढेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार ००:००  २ : ५८ बजे