- निवर्तमान सभामुख देवराज घिमिरेद्वरा बाल कल्याण आधारभूत विद्यालयबाट मतदान
- आफ्नो विजय सुनिश्चित भएको घिमिरेको दाबी : परिणामको पर्खाइमा रहेको प्रतिक्रिया
- महाकाली सन्धिमा हस्ताक्षर नगरेको देवराज घिमिरेको स्पष्टोक्ति
- कांग्रेसको प्रतिज्ञा : वार्षिक ३० लाख पर्यटक भित्र्याउने योजना
- पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’ आयोजना हुने
बिर्तामोड- पदीय भागवण्डाका आधारमा पाँचदलीय गठबन्धन गरेर निर्वाचनमा होमिएको नेकपा माओवादी केन्द्र झापामा चुनावी परिणामलाई लिएर काङ्ग्रेससँग झस्किने अवस्थामा पुगेको छ ।
स्थानीय तह निर्वाचनमा आफ्ना उमेद्वारले व्यहोर्नु परेको पराजयको पीडाले माओवादी केन्द्र काङ्ग्रेसको भूमिकाप्रति थप सशंकित भएको हो ।
काङ्ग्रेसको साथ लिँदा पनि हार व्यहोर्नु परेको भन्दै माओवादी केन्द्रका नेता चुनावी समिक्षामा जुटेका छन् । शनिवार शिवसताक्षी नगरमा भएको समिक्षात्मक बैठकमा माओवादी केन्द्रका नेताहरुले कांग्रेसको आन्तरिक खिचातानी र गुटबन्दीको शिकार आफूहरु भएको निष्कर्ष निकालेका छन् ।
माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्यले आपसी झगडाका कारण काङ्ग्रेस कार्यकर्ताले अपेक्षा अनुसार आफ्नो पार्टीका उमेद्वारलाई भोट नहालेको बताउनु भयो । ‘कतिपय अवस्थामा अविश्वास गर्ने ठाउँ देखियो’, उहाँले भन्नुभयो, ‘हाम्रो हार त्यतिमा मात्रै होइन ।’
माओवादीभित्र कतिपय ढंगले असहयोग भएको विषय बाहिर आइरहँदा आचार्यले दोषीमाथि कार्वाही हुने बताउनु भयो । उहाँले आवश्यक प्रमाण जुटाउन कार्यकर्तालाई निर्देशन पनि दिनु भएको छ ।
१ नम्बर प्रदेशका कृषिमन्त्री समेत रहेको माओवादी इन्चार्ज झलकसिंह दर्लामीले निर्वाचनको परिणामलाई स्वीकार गरेर जनताको काममा लाग्न निर्देशन दिनु भएको छ ।















