• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. राजनीति
  3. काङ्ग्रेस भित्रको खिचातानीको शिकार भएको माओवादी निष्कर्ष
 काङ्ग्रेस भित्रको खिचातानीको शिकार भएको माओवादी निष्कर्ष
राजनीति

काङ्ग्रेस भित्रको खिचातानीको शिकार भएको माओवादी निष्कर्ष

by Speak २२ जेष्ठ २०७९, आईतवार ०९:३१
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

बिर्तामोड- पदीय भागवण्डाका आधारमा पाँचदलीय गठबन्धन गरेर निर्वाचनमा होमिएको नेकपा माओवादी केन्द्र झापामा चुनावी परिणामलाई लिएर काङ्ग्रेससँग झस्किने अवस्थामा पुगेको छ ।

स्थानीय तह निर्वाचनमा आफ्ना उमेद्वारले व्यहोर्नु परेको पराजयको पीडाले माओवादी केन्द्र काङ्ग्रेसको भूमिकाप्रति थप सशंकित भएको हो ।

काङ्ग्रेसको साथ लिँदा पनि हार व्यहोर्नु परेको भन्दै माओवादी केन्द्रका नेता चुनावी समिक्षामा जुटेका छन् । शनिवार शिवसताक्षी नगरमा भएको समिक्षात्मक बैठकमा माओवादी केन्द्रका नेताहरुले कांग्रेसको आन्तरिक खिचातानी र गुटबन्दीको शिकार आफूहरु भएको निष्कर्ष निकालेका छन् ।

माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्यले आपसी झगडाका कारण काङ्ग्रेस कार्यकर्ताले अपेक्षा अनुसार आफ्नो पार्टीका उमेद्वारलाई भोट नहालेको बताउनु भयो । ‘कतिपय अवस्थामा अविश्वास गर्ने ठाउँ देखियो’, उहाँले भन्नुभयो, ‘हाम्रो हार त्यतिमा मात्रै होइन ।’

माओवादीभित्र कतिपय ढंगले असहयोग भएको विषय बाहिर आइरहँदा आचार्यले दोषीमाथि कार्वाही हुने बताउनु भयो । उहाँले आवश्यक प्रमाण जुटाउन कार्यकर्तालाई निर्देशन पनि दिनु भएको छ ।

१ नम्बर प्रदेशका कृषिमन्त्री समेत रहेको माओवादी इन्चार्ज झलकसिंह दर्लामीले निर्वाचनको परिणामलाई स्वीकार गरेर जनताको काममा लाग्न निर्देशन दिनु भएको छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.