- नर्स अभावको संकट : स्वास्थ्य सेवामा बढ्दो दबाव
- रेमिट्यान्समा उच्च वृद्धि : अर्थतन्त्र वैदेशिक रोजगारमा निर्भर
- मानव सेवा आश्रममा दिवंगत विसुन्केको स्मृतिमा अक्षय कोष
- नयाँ कपडाको प्रलोभनमा बेचिएकी युवतीको उद्धार, एक महिला पक्राउ
- बीपी भट्टराई समाजवादी झापाको अध्यक्षमा सर्वसम्मत
झापा- स्थानीय तहले कोरियामा कामदार पठाउन नपाउने भएका छन् । कानुनी र व्यवस्थापकीय रुपमा अनुपयुक्त रहेको भन्दै सरकारले स्थानीय तहलाई कामदार पठाउन रोक लगाएको हो ।
यसअघि स्थानीय तहले भगिनी सम्बन्ध कायम गरी दक्षिण कोरियामा कामदार पठाउँदै आएका थिए । भगिनी सम्बन्धको आधारमा दक्षिण कोरियामा कामदार पठाउन नमिल्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
सरकारले गरेको यो निर्णयसँगै स्थानीय तहका जनप्रतिनिधिहरुको कानुन विपरीत कोरियामा मौसमी कामदार पठाउने धन्दा रोकिने भएको छ ।