- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
मोरङ– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले लाइसेन्स नवीकरण सुरु गरेको छ । विराटनगर–४ खारजीस्थित कार्यालयले शुक्रबारदेखि लाइसेन्स नवीकरण सेवा सुरु गरेको हो ।
यसअघि मोरङका सवारी चालकले लाइसेन्स नवीकरण गर्न सुनसरीको इटहरीमा रहेको कोसी यातायात कार्यालय जानुपर्ने बाध्यता थियो ।
इटहरी र झापाबाट लाइसेन्स सम्बन्धी सेवा प्रवाह हुँदै आएकोमा प्रदेश सरकार गठन भएसँगै उदयपुर, इलाम, धनकुटा र ओखलढुंगाबाट यसअघि नै सेवा सुरु भइसकेको छ ।
यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका प्रमुख अनमोलमणि भट्टराईले लाइसेन्स नवीकरणबाट सेवा विस्तारको सुरुआत गरेको र अब सवारी चालक अनुमतिपत्र पनि जारी हुने बताउनु भयो ।


















