विराटनगरमा लाइसेन्स नवीकरण सुरु
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
मोरङ– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले लाइसेन्स नवीकरण सुरु गरेको छ । विराटनगर–४ खारजीस्थित कार्यालयले शुक्रबारदेखि लाइसेन्स नवीकरण सेवा सुरु गरेको हो ।
यसअघि मोरङका सवारी चालकले लाइसेन्स नवीकरण गर्न सुनसरीको इटहरीमा रहेको कोसी यातायात कार्यालय जानुपर्ने बाध्यता थियो ।
इटहरी र झापाबाट लाइसेन्स सम्बन्धी सेवा प्रवाह हुँदै आएकोमा प्रदेश सरकार गठन भएसँगै उदयपुर, इलाम, धनकुटा र ओखलढुंगाबाट यसअघि नै सेवा सुरु भइसकेको छ ।
यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका प्रमुख अनमोलमणि भट्टराईले लाइसेन्स नवीकरणबाट सेवा विस्तारको सुरुआत गरेको र अब सवारी चालक अनुमतिपत्र पनि जारी हुने बताउनु भयो ।