- बस दुर्घटनामा तीन जनाको मृत्यु
- इटहरीकाे सेन्टर प्लाजामा आगलागी : नाै जनाको उद्धार, आगाे निभाउन १२ वटा दमकल परिचालन
- माध्यमिक शिक्षा परीक्षामा आठ हजार विद्यार्थी अनुपस्थित
- मान्छे किन्ने बेच्नेलाई २० वर्ष कैद र ५ लाख जरिवानाको प्रस्ताव
- १० वर्षमा ८२ लाख नागरिक बसाईं सरे : पहाड छोड्नेको सङ्ख्या अत्याधिक
झापा-लिगको अन्तिम खेलमा स्वयम्भू क्लबलाई ४–२ गोल अन्तरले हराउँदै झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन हुँदा रेलिगेसनमा परिसकेको ओएसिस क्लबमाथि फराकिलो जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड ‘बी’ डिभिजन लिगमा बढुवा हुने दोस्रो टोली बनेको छ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा सम्पन्न खेलमा स्वयम्भूलाई ४–२ ले हराउँदै झापा च्याम्पियन बन्यो । च्याम्पियन झापाले नगद १० लाख रूपैयाँ र ट्रफी हात पार्यो । झापाको जितमा विशाल खवासले दुई गोल तथा मनीष लिम्बु र पूजन राईले १र१ गोल गरे ।
स्वयम्भूका लागि पाल्साङ लामा र राजीव मगरले १र१ गोल फर्काए । लिगविजेता झापाले १३ खेलको समाप्तिमा ३४ अंक जोड्यो । ‘सी’ डिभिजन लिगअन्तर्गत शुक्रबारकै खेलमा ओएसिसमाथि ५–० को फराकिलो जित निकाल्दै प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा बढुवा हुने दोस्रो टोली बन्यो ।
उपविजेता सीमित प्लानिङले नगद सात लाख रूपैयाँ हात पार्यो । प्लानिङको जितमा फागुराम थारुले ह्याट्रिक पूरा गर्दा अर्जुनकुमार राना र ओमप्रकाश चौधरीले १र१ गोल आफ्नो नाममा लेखाए ।
यो जितसँगै प्लानिङले १३ खेलबाट ३१ अंक जोड्यो र शीर्ष दुईमा अटाउँदै दोस्रो डिभिजनमा उक्लिन सफल भएको हो । सन् २०१० बाट ‘सी’ डिभिजनमा लिग खेल्न थालेको प्लानिङ १२ वर्षपछि ‘बी’ डिभिजनमा बढुवा भयो ।
लिगअन्तर्गत शुक्रबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अर्को खेलमा आरसी–३२ लाई स्पोट्र्स एकेडेमी साँगाले गोलरहित बराबरीमा रोक्यो । दुवै टोलीले गोलका लागि राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् ।
आरसी ३२ को यो सिजन ‘बी’ डिभिजन लिगमा बढुवा हुने मौका गुमेको छ । १३ खेलबाट २९ अंक जोडेको आरसी–३२ तेस्रो स्थानमा रह्यो । १४ क्लबको सहभागिता रहेको लिगमा झापाका पारस कार्की लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
झापालाई लिग च्याम्पियन बनाउँदै ‘बी’ डिभिजनमा पुर्याउन महत्वपूर्ण योगदान गरेका पारस लिगकै सर्वोत्कृष्ट खेलाडी चुनिँदै ५० हजार रूपैयाँ पनि प्राप्त गर्न सफल भए । यस्तै, प्रतियोगितामा प्लानिङ ब्वाइजका लोकेश चौधरी उत्कृष्ट गोलकिपर घोषित भए ।
उनले ३५ हजार रूपैयाँ पाए । प्रतियोगितामा फागुराम थारु र खेमराज तामाङ सर्वाधिक गोलकर्ता बने र दुवैले समान १४ गोल गरेका थिए । दुवैले ३५ हजार रूपैयाँ प्राप्त गरे। ओएसिस क्लब र वीरगञ्ज युथ एकेडेमी ‘सी’ डिभिजनबाट रेलिगेसनमा परे । अंकतालिकाको पुछारमा रहेको ओएसीले मात्र चार अंक जोड्दा वीरगञ्जले पाँच अंक जोड्न सक्यो ।