- बिर्तामाेडमा एमालेको सामूहिक देउसी : दुई लाख रुपैयाँ संकलन
- झापाको दमकमा बस दुर्घटना : एक जनाको मृत्यु
- संसद विघटन विरुद्ध परेका रिटमाथि सर्वोच्चमा आजदेखि सुनवाई
- शिवसताक्षीमा रात्रिबस दुर्घटना : १९ जना यात्रु घाइते
- एलभिडी झापा महिला गोल्डकपको मुख्य प्रायोजक
बाह्रदशी– झापाको बाह्रदशी गाउँपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई निशुल्क पढाउने निर्णय गरेको छ । शुक्रवार बसेको पहिलो कार्यपालिका बैठकले माध्यमिक तहका विद्यार्थीलाई निशुल्क पठाउने निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष देवेन्द्र चम्लागाईले कक्षा ११ र १२ पढाइरहेका तीनवटा सरकारी विद्यालयमा विद्यार्थीले निशुल्क पढ्न पाउने बताउनु भयो । बाह्रदशीमा १६ वटा सामुदायिक विद्यालय छन् ।
पशुपति मावि, फुलवारी मावि र गौरीशंकर माविमा ११ र १२ कक्षाको पढाई हुने गरेको छ । त्यहाँ अध्ययनरत विद्यार्थीले अवदेखि कुनै शुल्क तिर्नु नपर्ने निर्णय भएको हो । कार्यपालिका बैठकले पाँच वटा उपसमिति पनि गठन गरेको छ ।














