- ओलीलाई पक्राउ गर्न झापाका पत्रकार संगठनको संयुक्त माग
- पुष्पलाल इन्भेस्टमेन्टको १५ लाख कित्ता आइपीओ आउँदै
- एकैदिन तोलामा ४ हजार २ सयले उक्लियो सुन
- विदेशी विमानस्थलबाट श्रमिक पठाउने ३९ म्यानपावर कारबाहीमा
- ओलीको दबाब अस्वीकार गर्दै कार्कीको अडान- ‘राजीनामा दिन्नँ’
बाह्रदशी– झापाको बाह्रदशी गाउँपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई निशुल्क पढाउने निर्णय गरेको छ । शुक्रवार बसेको पहिलो कार्यपालिका बैठकले माध्यमिक तहका विद्यार्थीलाई निशुल्क पठाउने निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष देवेन्द्र चम्लागाईले कक्षा ११ र १२ पढाइरहेका तीनवटा सरकारी विद्यालयमा विद्यार्थीले निशुल्क पढ्न पाउने बताउनु भयो । बाह्रदशीमा १६ वटा सामुदायिक विद्यालय छन् ।
पशुपति मावि, फुलवारी मावि र गौरीशंकर माविमा ११ र १२ कक्षाको पढाई हुने गरेको छ । त्यहाँ अध्ययनरत विद्यार्थीले अवदेखि कुनै शुल्क तिर्नु नपर्ने निर्णय भएको हो । कार्यपालिका बैठकले पाँच वटा उपसमिति पनि गठन गरेको छ ।


















