१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

पत्रकार बराललाई एक लाख रुपैयाँको पुरस्कार



बिर्तामोड- झापाका अग्रज सिद्धहस्त पत्रकार लीला बराल प्रादेशिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनु भएको छ ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा अविच्छिन्न क्रियाशील बराललाई प्रदेश १ सरकारले उक्त पुरस्कार प्रदान गरेको हो ।

शुक्रवार विराटनगरमा आयोजित समारोहका बीच मुख्यमन्त्री राजेन्द्र राईले पत्रकार बराललाई दोसल्ला ओढाएर सम्मानपत्रसहित पुरस्कार बराबरको चेक हस्तान्तरण गर्नु भयो । पुरस्कारको राशि एक लाख रुपैयाँ छ ।

अग्रज पत्रकार बरालसँगै इटहरीका कृष्णविनोद लम्साल, धनकुटाका सञ्जयसन्तोषी राई र स्मिता निरौला पनि पुरस्कृत भएका छन् ।

प्रदेश सरकारले हरेक वर्ष प्रदेश १ मा लामो समयदेखि पत्रकारिता क्षेत्रमा रहेर समाज परिवर्तनका लागि योगदान गर्ने पत्रकारहरूलाई पुरस्कृत गर्दै आएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार ००:००  ४ : ५२ बजे