
इन्धनको मूल्यमा १० रुपैयाँ कटौती
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
झापा– नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको छ । आजराति १२ बजेदेखि लागू हुने गरी निगमले पट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
मूल्य घटेसँगै अब पेट्रोल लिटरको एक सय ७० र डिजल र मट्टीतेल लिटरको एक सय ५३ रुपैयाँमा झरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।
यसअघि अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न भनेको थियो ।