१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

शाहलाई धरौटीमा छोड्न अस्वीकार




झापा नेपाली सिनेमाका नायक पल शाहलाई उच्च अदालत पोखराले धरौटीमा छाड्न अस्वीकार गरेको छ। नाबालिग गायिकामाथि जर्बजस्ती करणीको अभियोग उनी मुद्दा खेपिरहेका छन् ।

आफूलाई धरौटी अथवा साधारण तारेखमा रिहाको माग गर्दै पलले उच्च अदालतमा रिट दायर गरेका थिए। यसअघि जिल्ला अदालतले उनलाई पुपर्क्षका लागि थुनामा राख्‍न आदेश दिएको थियो ।

उच्च अदालत पोखराका रजिस्टार एवम् सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जिल्लाको आदेश बेरीतको नदेखिएकाले त्यसलाई बदर गरिरहनुपरेन भन्ने अदालतको आदेश आएको बताउनु भयो ।

शाहविरुद्ध तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा चलिरहको छ । दुवै अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार ००:००  ९ : ११ बजे