१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

शिक्षा बहुउद्देश्यीय सहकारी सदस्य शिक्षा अभियानमा




बिर्तामोड– शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. ले सदस्य शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । संस्थाको नीति तथा सहकारीका समग्र विषयमा सदस्यलाई जानकारी गराउने उद्देश्यले सदस्य शिक्षा कार्यक्रम सञ्चालन भएको हो ।

सहकारीका पाँचवटै सेवा केन्द्रमा सदस्य शिक्षा कार्यक्रम आयोजना गरिएको र तीमध्ये दुई वटामा सम्पन्न भइ सकेको संस्थाका उपाध्यक्ष हेमराज मिश्रले बताउनु भयो । सेवा केन्द्र धाइजन र धुलावारीमा कार्यक्रम सम्पन्न भएको हो ।

ती दुबै सेवा केन्द्रमा एकसय ६० जना सदस्य सहभागी भएका छन् । संस्थाको नीति अनुसार सबै सदस्यलाई सदस्य शिक्षा कार्यक्रममा सहभागी गराउँदै लगिने संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताउनु भयो ।

सदस्य शिक्षा कार्यक्रमको सहजीकरण बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले गरिरहनु भएको छ ।

सदस्य शिक्षा कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य, सञ्चालक तथा लेखा समितिका पदाधिकारी तथा सदस्य लगायतको पनि सहभागिता रहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार ००:००  ८ : ५६ बजे