१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

सुपारीको धन्धा रोक्न राजस्वमा भारी बृद्धि




झापा–आयातित सुपारीको धन्धामा ब्रेक लगाउने गरी सरकारले राजस्वमा भारी बृद्धि गरेको छ । भारत निकासी रोक्न भन्सार र अन्तःशुल्कमा बजेटमार्फत वृद्धि गरिएको हो ।

यसअघि प्रतिकिलो सुपारीको भन्सार महसुल ४५ रुपैयाँ तिर्नुपर्थ्यो । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटले यसमा ५५ रुपैयाँ बढाएर १०० रुपैयाँ बनाएको छ ।

सुपारीको अन्तःशुल्कमा पनि वृद्धि गरिएको छ । यसअघि सुपारीको पैठारी गर्दा प्रतिकिलो २५ रुपैयाँका दरले अन्तःशुल्क असुल गरिन्थ्यो । अर्थमन्त्री शर्माले यसमा ७५ रुपैयाँ वृद्धि गरेर १०० रुपैयाँ बनाएका छन् ।

भन्सार महसुल र अन्तःशुल्क गरेर १ किलो सुपारी आयात गर्दा २०० रुपैयाँ राजस्व छ। त्यसमा पनि १३ प्रतिशत भ्याट लाग्छ। भ्याट समेत जोड्दा प्रतिकिलो सुपारीको पैठारी राजस्व २२६ रुपैयाँ हुन आउँछ ।

सरकारले सुपारीको आयातमा प्रतिकिलो २२६ रुपैयाँ राजस्व असुल गरे पनि केही बाधा नपर्ने व्यवसायी बताउँछन् । अहिले नेपालका व्यवसायीले किलोको ६५० रुपैयाँमा सुपारी विक्री गरिरहेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार ००:००  ६ : २५ बजे