- झापाका एन्फा रेफ्री लोकराज ढुंगानाको निधन
- शरणार्थी नेता रिजाललाई धरौटीमा रिहा गर्न आदेश
- ११ महिनामा नेपाल भित्रिए नौ लाख विदेशी पर्यटक
- हारेर पनि समूह बिजेता बन्यो झापा गाउँपालिका
- शब्दपत्र डटकमका सम्पादक पुरी पुरस्कृत
बिर्तामोड–सरकारले सहकारी संस्थासँग लिँदै आएको आयकर बढाएको छ । बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले सहकारीसँग लिँदै आएको आयकर बृद्धिको घोषणा गर्नु भएको हो ।
नगरपालिका क्षेत्रभित्र सञ्चालित सहकारीलाई ७.५ प्रतिशत, उप–महानगरपालिमा १० प्रतिशत र महानगरपालिकामा १५ प्रतिशत आयकर लाग्ने व्यवस्था बजेटमा गरिएको छ ।
गाउँपालिकामा खुलेका सहकारी संस्थाले भने आयकरमा पूर्णरुपले छुट पाएका छन् । यसअघि तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी क्षेत्रलाई लाग्ने आयकर घटाएर ५, ७ र १० प्रतिशत कायम गर्नुभएको थियो ।
यसअघि सहकारीलाई २० प्रतिशत कर लाग्ने व्यवस्था थियो । आयकर बढाउने सरकारी निर्णयप्रति सहकारी नेतृत्वले भने तीब्र रोष प्रकट गरेको छ ।