२२ माघ २०७९, आइतबार | Sun Feb 5 2023

पत्रकार भट्टराई र पाण्डे पुरस्कृत



झापा– बिर्तामाेड उद्योग वाणिज्य सङ्घले झापाका दुईजना पत्रकारलाई सम्मान गरेको छ । पाँचौं वार्षिक साधारणसभाका अवसरमा आज सङ्घले उनीहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा कञ्चनजङ्घा एफएमका समाचार प्रमुख केशव भट्टराई र आमसञ्चार डटकमका सम्पादक विनाेद पाण्डे छन् ।

पत्रकारद्वयलाई नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालले दाेसल्ला ओढाएर नगदसहित प्रशंसापत्र प्रदान गर्नुभयो।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार ००:००  १ : ११ बजे