- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
झापा– बिर्तामोड उद्योग वाणिज्य सङ्घले बिर्तामोडको भद्रपुर रोडमा राखिएको डिभाइडर एरियामा फूल वगैँचा बनाउने घोषणा गरेको छ । पाँचौं वार्षिक साधारणसभाका अवसरमा आज संघले यस्तो घोषणा गरेको हो ।
साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै संघका अध्यक्ष प्रकाश सिवाकोटीले बिर्तामोडको सौन्दर्यीकरण अभियानमा सहकार्य गर्न आफूहरु तयार रहेको बताउनुभयो ।
‘नगरपालिका सँगको सहकार्यमा हरियाली बिर्तामोड बनाउने योजना अघि बढाउँछौँ, ‘साधारणसभामा अध्यक्ष सिवाकोटीले भन्नुभयो, ‘विभिन्न स्थानमा विरुवा रोपण र संरक्षणको काम गर्ने हाम्रो योजना हो ।’
बजार क्षेत्रमा सडक वत्ती विस्तार योजनामा पनि नगरपालिकासँग सहकार्य गर्ने संघको योजना रहेको सिवाकोटीले बताउनु भयो ।
‘भएका ठाउँमा कतिपय वत्ती बिग्रिएका छन्’ उहाँले भन्नुभयो, ‘नभएका ठाउँमा नयाँ जडान गर्ने र बिग्रिएका ठाउँमा मर्मत गर्ने काम पनि अघि बढ्छ ।’




















