१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी संगठनको अल्टिमेटम




झापा– संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्व फिर्ता लिन माग गरेको छ । अनेरास्ववियु केन्द्रीय कार्यालय भृकुटीमण्डपमा आज बसेको संगठनको बैठकले यस्तो माग गरेको हो ।

आन्दोलनरत विद्यार्थी संगठनसँग तीन दिनभित्र छलफल गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयलाई निष्कर्षमा पुर्याउन माग गरिएको अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले बताउनु भयो ।

बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिलाई सकारात्मक रुपमा लिएको छ ।

दैनिक उपभोग्य वस्तु तथा सेवाको ढुवानी र लागत भाडामा गरिएको मूल्यवृद्धिलाई अनुगमन तथा नियन्त्रण गरी यो अवधिमा बढेको मूल्यवृद्धि फिर्ता गराउन पनि संयुक्त विद्यार्थी संगठनले माग गरेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार ००:००  ८ : ०० बजे