- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
बिर्तामोड- नेपाल प्रेस युनियन झापाले अर्जुनधारा नगरपालिका ६ मा सञ्चालित बाल शिक्षा सरोकार केन्द्रलाई खाद्य सामग्री हस्तान्तरण गरेको छ । नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसर पारेर खाद्य सामग्री दिइएको हो ।
केन्द्रमा अध्ययनरत बालबालिकाका लागि चामल, दाल, आलु, तेल, नुन लगायतका सामग्री हस्तान्तरण गरिएको प्रेस युनियन झापाकी अध्यक्ष इन्दू पूर्वेलीले बताउनु भयो । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्रीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रदेश पार्षद ज्ञानेन्द्र निरौला, केन्द्रीय पार्षद यज्ञ पाठक, रेजिना गौतम, कोषाध्यक्ष ओमप्रकाश भट्टराई, जिल्ला सदस्य रणदेव हजाम, शेखर सेढाई, जोस्ना श्रेष्ठ, जिल्ला सचिव डिल्लीराम घोर्साई रकोषाध्यक्ष ओमप्रकाश भट्टराई लगायतको सहभागिता रहेको थियो ।
केन्द्रमा शारीरिक रुपमा अपाङ्गता भएका बालबालिका संरक्षित छन् । आबासीय रुपमा रहेका १० बढी बालबालिकालाई सोही केन्द्रमा शिक्षक ब्यवस्थापन गरेर अध्यापन गराइँदै आएको छ ।
केन्द्रका अध्यक्ष कृष्ण दुलालले अपाङ्गमैत्री संरचना निर्माणको लक्ष्य रहे पनि जग्गा अभावका कारण नसकिएको र दीर्घकालीन सञ्चालनको स्रोत नभएको बताउनु भयो ।