- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
बिर्तामोड- निरन्तर सामाजिक अभियानमा लागिरहेका बिर्तामोडका व्यवसायिक युवा विशाल अग्रवालले बालबालिकासँग आफ्नो जन्मदिन मनाएका छन् । बिर्तामोड वडा नम्वर-५ का स्थायी बासिन्दा अग्रवालले बिहीवार बालबालिकासँग जन्मदिनको खुशी साटेका हुन् ।
असल अभ्यास र कर्ममा रुचि राख्ने अग्रवालले जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् । बिर्तामोड-९ स्थित सहीद लक्ष्मी आधारभूत विद्यालयका बालबालिकालाई उनले सामग्री वितरण गरेका हुन् ।
जन्मदिनको अवसर पारेर विद्यालयका १५० बालबालिकालाई टाई, बेल्ट लगायतका सामग्री वितरण गरिएको अग्रवालले बताए । विद्यालयमा पुगेर उनले थप सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
अग्रवाललाई विद्यालयका प्रधानाध्यापक बीरेन्द्र बुढाथोकी, बालक्लब फोकल पर्सन मीना गौतम, बालक्लब अध्यक्ष नवीन घिमिरे लगायतले धन्यवादसहित जन्मदिनको शुभकामना दिएका छन् ।