- भण्डारी र भूर्तेललाई पूर्ण टुङ्ग आदर्श नागरिक सम्मान समर्पण गर्ने निर्णय
- चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ज्ञापन
- पक्राउ परेको साढे चार घण्टापछि रिहा भए रेशम चौधरी
- नक्कली नोटसहित भारतीय नागरिक पक्राउ
बिर्तामोड–क्षितिज नाट्य प्रतिष्ठानले बिर्तामोड तथा कनकाई नगरपालिकामा निर्वाचित जनप्रतिनिधिसँग परिचयात्मक भेटघाट कार्यक्रम आयोजना गरेको छ । निर्माणाधीन झापा नाटक घर परिसरमा आज दिउँसो प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा कनकाई र बिर्तामोडका मेयर क्रमश राजेन्द्र पोखरेल, पवित्रा महतारा प्रसाई, उपमेयर नगेन्द्र संग्रौलासहित वडाध्यक्ष र वडा सदस्यहरु सहभागी हुनु भएको छ ।
आपसी सम्वन्ध समधुर बनाइराख्ने उद्देश्यले प्रतिष्ठानले जनप्रतिनिधिसँग भेटघाट कार्यक्रम आयोजना गरेको हो । उक्त अवसरमा मेयर उपमेयरको टोलीले निर्माणाधीन झापा नाटक घरको अवलोकन पनि गरेको छ ।
बहुजातिय बहुभाषिक संग्रहालय सहितको झापा नाटक घर बनाउने उद्देश्य राखेर क्षितिज नाट्य समूहले अभियान सुरु गरेको थियो ।
कार्यक्रममा बोल्दै बिर्तामोडकी मेयर प्रसाईले झापा नाटक घरलाई पूर्णता दिन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उपमेयर हुँदा उहाँ आफैँले नाटक घरको शिलान्यास गर्नु भएको थियो ।
बिर्तामोडका सामाजिक त्था राजनीतिक व्यक्तित्व ज्ञानुराम प्रसाईको संयोजकत्वमा नाटक घर निर्माणको काम अघि बढेको थियो ।
बहुजातिय संग्रहालयसहितको नाटक घर बनाउने अभियानमा प्रसाईको लोभलाग्दो सक्रियता क्षितिज समूहले सम्झना गरिरहेको छ ।
आफ्नो श्रीमान्ले देखेको सपना पूरा गर्ने अभियानमा आफ्नो निरन्तर साथ सहयोग र समर्थन रहने मेयर प्रसाईले बताउनु भयो ।
प्रतिष्ठानले नव निर्वाचित जनप्रतिनिधिको कार्यकाल सफल र फलदायी हुने विश्वास व्यक्त गर्दै बधाई तथा शुभकामना दिएको छ ।
प्रतिष्ठानका अध्यक्ष माधव कल्पितले झापा नाटक घर निर्माण गर्न यसअघि पनि जनप्रतिनिधिबाट उल्लेख्य सहयोग प्राप्त भएको जनाउँदै निरन्तर सहयोगको अपेक्षा राखिएको बताउनु भयो ।
कार्यक्रममा शिक्षा सेवी तथा सामाजिक ब्यक्तित्व जयनारायण र अञ्जना ढुङ्गानाले पाँच लाख ५० हजार मूल्य बराबरको ५ धुर जग्गा झापा नाटक घरका लागि प्रदान गर्ने घोषणा गर्नु भएको छ ।
मोहनप्रसाद ओझा र मेगेन्द्र लिङ्देनले दुई लाख २० हजार बराबरको दुई धुर जग्गा दिने घोषणा गर्नु भएको समूहका अध्यक्ष युवा रंगकर्मी कल्पितले जानकारी दिनुभयो ।