- झापा इनर्जी शेयर निष्कासनकाे अन्तिम तयारीमा
- बिर्तामोडमा क्षयरोगका ‘लुकेका’ बिरामी खोज्न तीनदिने अभियान
- धरमपुरमा खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी : धारामा आएन पानी
- पूर्वेली ढुवानीको यात्रामा थपिए दुई शक्तिशाली ‘सारथी’
- वैदेशिक रोजगारीमा झापाको कहालीलाग्दो तथ्याङ्क : तीन वर्षमा १९५ जनाको मृत्यु
झापा–बीरता लेडी जेसीजले बिर्तामोड नगरपालिकाकी नवनिर्वाचित मेयर पवित्रा महतारा प्रसाईलाई सम्मान गरेको छ । लेडी जेसीजले आज आफ्नै सचिवालयमा कार्यक्रम आयोजना गरी नगर प्रमुख प्रसाईलाई प्रशंसापत्रसहित सम्मान गरेको हो ।
कार्यक्रममा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत र लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालले नगर प्रमुख प्रसाईंलाई प्रशंसापत्र प्रदान गर्नुभयो।

यसअघि केही समय जेसीज अभियानमा सहभागी हुनु भएकी प्रसाई अहिले बीरता लेडी जेसीजको मानार्थ सदस्य हुनुहुन्छ ।
झापाको पहिलो महिला मेयरका रुपमा कार्यकारी भूमिकामा पुग्नु भएकी प्रसाई लेडी जेसीजका कार्यक्रममा निरन्तर सहभागी हुँदै आउनु भएको छ ।
राजनीतिक र सामाजिक अभियानमा निरन्तर सक्रिय प्रसाईको कार्यकाल सफलताको कामना गर्दै लेडी जेसीजले सम्मान गरेको हाे।
लेडी जेसीजकी अध्यक्ष सङ्गीता चिमरियाको अध्यक्षता र कार्यक्रम संयोजक हिमा पौडेलको संयोजकत्वमा कार्यक्रम आयोजना भएको छ ।