- सडक सुरक्षामाथि गम्भीर प्रश्न : टिपरको ठक्करबाट चार जनाको मृत्यु
- सरकारको आश्वासनपछि बन्द चिया उद्योग खुले
- युवा उद्यमीद्वारा व्यवसायिक राहत कोषमा १ लाख १६ हजार सहयोग
- अर्जुनधाराको बजेट ८९ करोड ८५ लाख : कृषि र पूर्वाधारमा जोड
- बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित
झापा–बीरता लेडी जेसीजले बिर्तामोड नगरपालिकाकी नवनिर्वाचित मेयर पवित्रा महतारा प्रसाईलाई सम्मान गरेको छ । लेडी जेसीजले आज आफ्नै सचिवालयमा कार्यक्रम आयोजना गरी नगर प्रमुख प्रसाईलाई प्रशंसापत्रसहित सम्मान गरेको हो ।
कार्यक्रममा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत र लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालले नगर प्रमुख प्रसाईंलाई प्रशंसापत्र प्रदान गर्नुभयो।

यसअघि केही समय जेसीज अभियानमा सहभागी हुनु भएकी प्रसाई अहिले बीरता लेडी जेसीजको मानार्थ सदस्य हुनुहुन्छ ।
झापाको पहिलो महिला मेयरका रुपमा कार्यकारी भूमिकामा पुग्नु भएकी प्रसाई लेडी जेसीजका कार्यक्रममा निरन्तर सहभागी हुँदै आउनु भएको छ ।
राजनीतिक र सामाजिक अभियानमा निरन्तर सक्रिय प्रसाईको कार्यकाल सफलताको कामना गर्दै लेडी जेसीजले सम्मान गरेको हाे।
लेडी जेसीजकी अध्यक्ष सङ्गीता चिमरियाको अध्यक्षता र कार्यक्रम संयोजक हिमा पौडेलको संयोजकत्वमा कार्यक्रम आयोजना भएको छ ।



















