- झापाका एन्फा रेफ्री लोकराज ढुंगानाको निधन
- शरणार्थी नेता रिजाललाई धरौटीमा रिहा गर्न आदेश
- ११ महिनामा नेपाल भित्रिए नौ लाख विदेशी पर्यटक
- हारेर पनि समूह बिजेता बन्यो झापा गाउँपालिका
- शब्दपत्र डटकमका सम्पादक पुरी पुरस्कृत
झापा– बिर्तामोड नगरपालिकाले योजना अनुगमन समिति विस्तार गरेको छ । नगर प्रमुख पवित्रा महतरा प्रसाईको अध्यक्षतामा बुधवार बसेको कार्यपालिकाको पहिलो बैठकले समितिमा दुई सदस्य थप गर्ने निर्णय गरेको हो ।
नगर उपप्रमुखको संयोजकत्वमा योजना अनुगमन समिति गठन हुने प्रावधान छ । उक्त प्रावधानका आधारमा उप प्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला समितिको संयोजक हुनुहुन्छ ।
बैठकले ३ नम्वर वडाध्यक्ष मदन बुढाथोकी र वडानम्बर–६ का अध्यक्ष सूर्यप्रसाद कन्दङ्गवालाई सदस्यको जिम्मेवारी दिने निर्णय गरेको हो । समितिले विकास योजनाको अनुगमन गर्ने र कमजोरी भएका ठाउँमा सुधार गर्ने लगायतका काम गर्नेछ ।