- बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा सुरु : वैदेशिक रोजगारीमा जानेलाई पनि सहयोग
- निःशुल्क आँखा शिविरमा ४२१ जनाको परीक्षण
- बिर्तामोडमा असोज ३० गते ‘जमरा एण्ड द बिट्स’, तीन हजार दर्शक सहभागी हुने अनुमान
- बिर्तामोडको किङ्सबरी अब र्याडिसन ब्रान्डमा : थप १०० करोड लगानी गर्ने तयारी
- सर्पदंशबाट नेपालमा वर्षेनि एक हजारको मृत्यु, जनचेतना फैलाउन झापा र मोरङमा कार्यक्रम
झापा– बिर्तामोडका वडाले आगामी आर्थिक वर्षमा एक करोड १५ लाखका दरले बजेट पाउने भएका छन् । बुधवार बसेको कार्यपालिकाको पहिलो बैठकले वडाका लागि पूँजीगत बजेटको सिलिङ तोकेको हो ।
वडाबाट योजना छनोट गरी जेठ मसान्तसम्म नगरमा पेश गर्न सबै वडाध्यक्षलाई बैठकले निर्देशन दिएको नगर प्रमुख पवित्रा महतरा प्रसाईले बताउनु भयो । बैठकले पदभार ग्रहण गर्दै नगर प्रमुख प्रसाईले गरेको पहिलो निर्णय पनि अनुमोदन गरेको छ ।
पाँच वर्षभित्र बिर्तामोडको खेतीयोग्य जमिनमा सिञ्चाई सुविधा उपलब्ध गराउने र विपन्न नागरिकको स्वास्थ्य बीमा गर्ने पहिलो निर्णयमा प्रसाईले हस्ताक्षर गर्नु भएको थियो ।


















