- सर्वोच्चद्वारा निर्वाचन आयोगको निर्णय सदर : गगन समूहलाई आधिकारिकता
- शनिबार र आइतबार अस्पतालमा सार्वजनिक बिदा
- भर्ना र पठनपाठन आफ्नै निर्णय अनुसार गर्न स्थानीय तहलाई सर्कुलर
- बिर्तामोड चिल्ड्रेन अस्पतालमा बैशाख ७ देखि निःशुल्क स्वास्थ्य शिविर
- रास्वपाले मन्त्री र सांसदका लागि मासिक लेबी तोक्यो
झापा–राष्ट्रिय प्रजातन्त्र पार्टीले खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेको छ । नेपाल आयल निगमले श्रृंखलावद्ध रुपमा मूल्यवृद्धि गरेको भन्दै राप्रपाले तत्काल फिर्ता लिन माग गरेको हो ।
अनावश्यक कर घटाएर तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न राप्रपाले सरकारसँग मागसमेत गरेको छ । मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रेस विज्ञप्ति जारी गर्दै मूल्यवृद्धिलाई सरकारको हचुवा र अदुरदर्शी कदम भनेका छन् ।
‘श्रृंखलावद्ध रुपमा पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासमा भइरहेको मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उपभोक्ताको हितविपरीत भएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन सरकारसँग राप्रपा माग गर्दछ ।’
पेट्रोलियम पदार्थमा राज्यले भन्सार र विभिन्न शीर्षकमा लिइरहेको करप्रति पनि राप्रपालाई चित्त बुझेको छैन । यस्तो करको बारेमा पुनर्विचार गरी मूल्य नियन्त्रण गर्न अध्यक्ष लिङ्देनले विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
विद्युत उत्पादन, खपत र वैकल्पिक उर्जाको आवश्यक कार्ययोजना ल्याउनसमेत सरकारसँग राप्रपाले माग गरेको छ ।
आइतबारबाट लागु हुनेगरी नेपाल आयल निगमले सातामै दोस्रोपटक इन्धनको मूल्य बढाएको थियो । पेट्रोल, डिजल र मट्टितेल लिटरमा १० रुपैयाँ बढेको छ ।
निगमले खाना पकाउने ग्यास प्रतिसिलिण्डर दुईसय रुपैयाँ बढाएको हो । अब पेट्रोलको नयाँ मूल्य १८०, मट्टितेल र डिजेलको १६३ र एउटा ग्यास सिलिण्डरको एक हजार ८ सय रुपैयाँ पुगेको छ ।
आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि हवाइ भाडासमेत बढेको छ । वायुसेवा सञ्चालक संघले बुधबारबाट मूल्य लागु हुनेगरी भाडा बढेको जनाएको हो । निगमले हवाइ इन्धनको मूल्य लिटरमा १० रुपैयाँ बढाएर १६६ रुपैयाँ बनाएको छ ।
















