- बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा सुरु : वैदेशिक रोजगारीमा जानेलाई पनि सहयोग
- निःशुल्क आँखा शिविरमा ४२१ जनाको परीक्षण
- बिर्तामोडमा असोज ३० गते ‘जमरा एण्ड द बिट्स’, तीन हजार दर्शक सहभागी हुने अनुमान
- बिर्तामोडको किङ्सबरी अब र्याडिसन ब्रान्डमा : थप १०० करोड लगानी गर्ने तयारी
- सर्पदंशबाट नेपालमा वर्षेनि एक हजारको मृत्यु, जनचेतना फैलाउन झापा र मोरङमा कार्यक्रम
झापा–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापनको प्रस्ताव अगाडि सारेको छ । आगामी आर्थिक वर्षको बजेटमा यस्तो प्रस्ताव गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी शैक्षिक सत्रबाट दिवा खाजा कक्षा ८ बनाउन प्रस्ताव गरेको बताए । हाल कक्षा ५ सम्म दिवा खाजाको व्यवस्था छ ।
मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा एउटा आवासीय विद्यालय स्थापनाको योजना पनि अगाडि सारेको छ । सबै जिल्लामा प्राविधिक शिक्षा विस्तार योजनासहित त्यसका लागि पाँच हजार विद्यालय निर्माणको लक्ष्य राखिएको मन्त्री पौडेलले बताए ।


















