- सडक सुरक्षामाथि गम्भीर प्रश्न : टिपरको ठक्करबाट चार जनाको मृत्यु
- सरकारको आश्वासनपछि बन्द चिया उद्योग खुले
- युवा उद्यमीद्वारा व्यवसायिक राहत कोषमा १ लाख १६ हजार सहयोग
- अर्जुनधाराको बजेट ८९ करोड ८५ लाख : कृषि र पूर्वाधारमा जोड
- बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित
झापा–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापनको प्रस्ताव अगाडि सारेको छ । आगामी आर्थिक वर्षको बजेटमा यस्तो प्रस्ताव गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी शैक्षिक सत्रबाट दिवा खाजा कक्षा ८ बनाउन प्रस्ताव गरेको बताए । हाल कक्षा ५ सम्म दिवा खाजाको व्यवस्था छ ।
मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा एउटा आवासीय विद्यालय स्थापनाको योजना पनि अगाडि सारेको छ । सबै जिल्लामा प्राविधिक शिक्षा विस्तार योजनासहित त्यसका लागि पाँच हजार विद्यालय निर्माणको लक्ष्य राखिएको मन्त्री पौडेलले बताए ।



















