१४ मंसिर २०८०, बिहिबार | Fri Dec 1 2023

सरकारले इन्धनमा उठायो ९२ अर्ब रुपैयाँ कर




झापा–मूल्य वृद्धिपछि पेट्रोलमा सरकारले एक लिटरमा लिने कर ६३ रुपैयाँ २३ पैसा पुगेको छ । मूल्यबृद्धिसँगै निरन्तर कर पनि बढिरहेको हो ।

सरकारले डिजेलमा ४५ रुपैयाँ ९१ पैसा कर उठाउने गरेको छ भने मट्टीतेलमा १३ रुपैयाँ ६६ पैसा कर लाग्दै आएको छ । सर्वसाधारणले खाना पकाउने ग्याँस प्रयोग गरेबापत ३२७ रुपैयाँ ३७ पैसा कर तिर्नु पर्छ ।

हवाई इन्धन आन्तरिकमा २३ रुपैयाँ ३२ पैसा र बाह्यतर्फ २ रुपैयाँ ५१ पैसा कर लाग्दै आएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म सरकारले पेट्रोलियम पदार्थबाट ९२ अर्ब ७८ करोड ८८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार ००:००  ९ : २३ बजे