- बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा सुरु : वैदेशिक रोजगारीमा जानेलाई पनि सहयोग
- निःशुल्क आँखा शिविरमा ४२१ जनाको परीक्षण
- बिर्तामोडमा असोज ३० गते ‘जमरा एण्ड द बिट्स’, तीन हजार दर्शक सहभागी हुने अनुमान
- बिर्तामोडको किङ्सबरी अब र्याडिसन ब्रान्डमा : थप १०० करोड लगानी गर्ने तयारी
- सर्पदंशबाट नेपालमा वर्षेनि एक हजारको मृत्यु, जनचेतना फैलाउन झापा र मोरङमा कार्यक्रम
भद्रपुर–दीर्घरोगले थलिएका विरामीको उपचारका लागि दिइँदै आएको यातायात खर्चलाई झापाको भद्रपुर नगरपालिकाले दोब्बर बनाउने निर्णय गरेको छ । नवनिर्वाचित मेयर गणेश पोखरेलले पदाबहाली लगत्तै पहिलो निर्णय गरेका हुन् ।
भद्रपुर नगरपालिकाले यसअघि दीर्घ रोग लागेका विरामीलाई पाँच हजार रुपैयाँ यातायात खर्च दिँदै आएको थियो । अबदेखि विरामीले १० हजार रुपैयाँ यातायात खर्च पाउने भएका हुन् ।
सन्थाल समुदायको स्वास्थ्य बीमा नगरपालिकाले गरिदिने भएको छ । किसानका लागि पशु बीमाको प्रिमियम समेत नगरपालकाले व्यहोर्ने निर्णय भएको छ ।
आदिवासी राजवंशी र सन्थाल समुदायलाई विशेष प्राथमिकता दिई बहुजातीय आदिवासी सङ्ग्रहालय स्थापना गर्ने सवषयमा पनि नगरपालिकाले सहयोग गर्ने घोषणा गरेको छ ।


















