- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
बिर्तामोड–मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेद्वार निर्वाचित भएका छन् । नगर प्रमुखमा एमालेका गोपालचन्द्र बुढाथोकी र उप प्रमुखमा मीना पोखरेल निर्वाचित भएका हुन् ।
बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरेका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीलाई ५ हजार १६७ मतले पराजित गरेका हुन् ।
इन्द्रबहादुरले २१ हजार ३११ मत मात्र प्राप्त गरेका छन् । राप्रपाका रमेश दाहालले ३ हजार ८९५ मत पाएका छन् । एमालेबाट उपप्रमुखकी उम्मेद्वार पोखरेल २१ हजार ५९० मतसहित निर्वाचित भएकी छन् ।
प्रतिस्पर्धीहरु गठबन्धनबाट माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८१८ र राप्रपाकी सविना बजगाईले ९ हजार ८८० मत प्राप्त गरेका छन् ।
नगरको १५ वटा वडाको परिणाम घोषणा भइसकेको छ । जसमध्ये माओवादी केन्द्रले १४ नम्बर वडा, कांग्रेसले ६, ८ र १५ नम्बर वडा जितेको छ ।


















