- शिवगञ्जमा भदौ २० गते बृहत् श्रीकृष्ण रथयात्रा
- शिवसताक्षीका कर्मचारीले बाढीपीडितका लागि ८ लाख जुटाउने
- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
झापा– अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देनले गरीब परिवारका लाग घर बनाइदिने घोषणा गर्नु भएको छ । पाँच वर्षभित्र एकहजार गरीब परिवारका लागि घर बनाएर हस्तान्तरण गर्ने मेयर गोम्देनले बताउनु भयो ।
निर्वाचित भएपछि आज पदभार ग्रहण गर्दै मेयर गोम्देनले गरीब तथा विपन्न परिवारको आवास व्यवस्थापन सम्वन्धी पहिलो निर्णयमा हस्ताक्षर गर्नु भएको हो । नगरका ग्रामीण बिपन्न बस्तीमा पुगेर भोट मागिरहँदा उनीहरुको समस्याप्रति गोम्देनको ध्यानाकर्षण भएको छ ।
जनताका समस्याप्रति आफू गम्भीर र संवेदनशील रहेको बताउँदै मेयर लिङ्देनले प्राथमिकताका आधारमा उनीहरुको समस्या समाधान गर्न नगरपालिकाले ध्यान केन्द्रीत गर्ने बताउनु भयो ।
पदभार ग्रहणसँगै मेयर गोम्देनले पूर्ण अपाङ्ग भएका नागरिकको स्वास्थ्य बीमा गरी उनीहरुको उपचारमा सघाउने अर्काे निर्णय पनि गर्नु भएको छ । पूर्णरुपमा अशक्त नागरिकलाई उपचार सेवा उपलब्ध गराउने नगरपालिकाको लक्ष्य रहेको छ ।


















