१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

गरीबलाई एक हजार घर बनाइदिने मेयर गोम्देनको घोषणा



झापा– अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देनले गरीब परिवारका लाग घर बनाइदिने घोषणा गर्नु भएको छ । पाँच वर्षभित्र एकहजार गरीब परिवारका लागि घर बनाएर हस्तान्तरण गर्ने मेयर गोम्देनले बताउनु भयो ।

निर्वाचित भएपछि आज पदभार ग्रहण गर्दै मेयर गोम्देनले गरीब तथा विपन्न परिवारको आवास व्यवस्थापन सम्वन्धी पहिलो निर्णयमा हस्ताक्षर गर्नु भएको हो । नगरका ग्रामीण बिपन्न बस्तीमा पुगेर भोट मागिरहँदा उनीहरुको समस्याप्रति गोम्देनको ध्यानाकर्षण भएको छ ।

जनताका समस्याप्रति आफू गम्भीर र संवेदनशील रहेको बताउँदै मेयर लिङ्देनले प्राथमिकताका आधारमा उनीहरुको समस्या समाधान गर्न नगरपालिकाले ध्यान केन्द्रीत गर्ने बताउनु भयो ।

पदभार ग्रहणसँगै मेयर गोम्देनले पूर्ण अपाङ्ग भएका नागरिकको स्वास्थ्य बीमा गरी उनीहरुको उपचारमा सघाउने अर्काे निर्णय पनि गर्नु भएको छ । पूर्णरुपमा अशक्त नागरिकलाई उपचार सेवा उपलब्ध गराउने नगरपालिकाको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार ००:००  १० : ४२ बजे