- पत्रकार गौतम प्रेस युनियनको केन्द्रीय सदस्य मनोनित
- प्रहरीको गोलीबाट युवकको मृत्युपछि सुनसरी तनावग्रस्त : अनिश्चितकालीन कर्फ्यु
- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
- सत्ता सहकार्यको सहमति : तीन प्रदेश एमाले र दुई प्रदेशमा माओवादी नेतृत्वमा सरकार
बिर्तामोड– बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईले पारदर्शी र जवाफदेही भएर सार्वजनिक सेवाका काम गर्ने बताउनु भएको छ ।
आज नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण समारोहलाई सम्वोधन गर्दै मेयर प्रसाईले हरेक काममा पारदर्शिता अपनाइने बताउनु भएको हो ।
‘भ्रष्टाचाररहित ढंगले पारदर्शी र जवाफदेही भएर कामी काम गर्छाैँ’, मेयर प्रसाईले भन्नुभयो, ‘हिजो पार्टीका थियौँ । अब सबै अभिभावक भएका छौँ । मिलेर काम गर्ने हो । कसैले बादविवादमा उत्रिनु हुँदैन् ।’
मेयर प्रसाईले अनावश्यक बखेडा झिकेर काममा अवरोध गर्ने ढंगबाट कुनै पनि जनप्रतिनिधि प्रस्तुत हुन नहुनेमा जोड दिनुभयो ।
उहाँले विपन्न नागरिकको उपचारमा नगरपालिकाले सहयोग गर्ने र कृषिको व्यवसायिकीकरणसहित बिर्तामोडको सबै खेतीयोग्य जमिनमा सिञ्चाईको व्यवस्था गर्ने पहिलो निर्णय भएको पनि बताउनु भयो ।


















