९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026

बिर्तामाेडकाे फाेहाेरमा कसैले राजनीति नगराैँ : नेता खरेल



बिर्तामोड– नेकपा एमालेका झापा जिल्ला इन्चार्ज अग्नि खरेलले जनप्रतिनिधिकाे पाँचवर्षे कार्यकाल सुगन्धमय बन्न सक्नुपर्ने बताउनु भएको छ।

झापाकाे बिर्तामोडमा आज नवनिर्वाचित जनप्रतिनिधिकाे सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नेता खरेलले यस्तो धारणा राख्नु भएको हाे।

उहाँले स्थानीय आवश्यकताका आधारमा याेजना बनाएर काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो।

बिर्तामोडकाे फाेहाेरमा कसैले राजनीति गर्नु नहुने बताउँदै नेता खरेलले सबै मिलेर समस्याको समाधान गर्नुपर्नेमा जाेड दिनुभयो।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार ००:००  ३ : ०९ बजे