- भर्खरै : पेट्रोलियम पदार्थको मूल्य घट्यो
- भर्खरै : झापाको सतासीधाममा दुर्घटना हुँदा एक जनाको मृत्यु
- बुढासुब्बा चोकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
- पथरी शनिश्चरेमा दुर्घटना हुँदा युवकको मृत्यु
- इखरीपाटीको शुभारम्भ
बिर्तामोड– नगर प्रमुख पवित्रा महतरा प्रसाईले बिर्तामोडको खेतीयोग्य जमिनमा पाँच वर्षभित्र सिञ्चाई सुविधा उपलब्ध गराउने सम्वन्धी पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ।
आज बिर्तामोड नगरपालिकामा कार्यभार सम्हाले लगत्तै उहाँले सिञ्चाई सुविधा सम्वन्धी पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।
स्यालाे ट्युवेल जडान, कुलाे तथा पैनी निर्माण गरी खेतीयाेग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने पहिलो निर्णयमा नगर प्रमुख प्रसाईले हस्ताक्षर गरेकाे प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिनुभयाे।
कृषिमा आधुनिकीकरणसँगै सिञ्चाई सुविधा उपलब्ध गराउन सके उत्पादन बढाउन सकिने र आर्थिक जीवनस्तर उकास्ने लक्ष्यमा सफलता प्राप्न हुने नगर प्रमुख प्रसाईको विश्वास छ ।
पदभार ग्रहण गर्दे नगर प्रमुख प्रसाईले जनताको सेवकका रुपमा नगरको आर्थिक सामाजिक विकासमा कुनै कसर नराखी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
नगर क्षेत्रभित्रका सम्पूर्ण गरिब तथा विपन्न परिवारको स्वास्थ्य बीमा गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नगरपालिकाकाे दाेस्राे निर्णय छ।