- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
बिर्तामोड– बिर्तामोड नगरपालिकाका नवनिर्वाचित प्रमुख उप्रमुखसहितका जनप्रतिनिधिले औपचारिक रुपमा कार्यभार सम्हाल्नु अघि आज बिहान चारपानेको विवेकाश्रम परिसरमा रहेका देवस्थलमा पूजा अर्चना गरेका छन् ।
साङ्गबेद संस्कृत माध्यमिक विद्यालय परिसरमा रहेको आश्रममा नगर प्रमुख पवित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्र संग्रौला र वडाध्यक्ष किशोर पौडेलसहितका जनप्रतिनिधिले पूजा अर्चना गरेको गरेका हुन् ।
उक्त अवसरमा बटुकहरुले धार्मिक संस्कार अनुसार स्वस्ति वाचनसहित मेयर उपमेयरको टोलीलाई स्वागत गरेका थिए । मन्दिरको दर्शनपछि मेयर उपमेयरको टोलीले त्यहाँ निर्माणाधीन भवनको अवलोकन पनि गरेको थियो ।