- मर्यादा पालनमै प्रश्न : सिडिओको कुरै नसुनी बाहिरियो डाक्टरको टोली
- विद्यालयमार्फत लागुऔषधविरुद्ध अभियान
- झापामा एक वर्षमा २४ हजार ८५१ नागरिकता वितरण, ९८ हजारभन्दा बढीले पाए राष्ट्रिय परिचयपत्र
- देवानगञ्ज घटनाको छानबिनका लागि समिति
- देवानगञ्ज घटना : मृतकका परिवारलाई २ लाख दिने निर्णय
बिर्तामोड– बिर्तामोड नगरपालिकाका नवनिर्वाचित प्रमुख उप्रमुखसहितका जनप्रतिनिधिले औपचारिक रुपमा कार्यभार सम्हाल्नु अघि आज बिहान चारपानेको विवेकाश्रम परिसरमा रहेका देवस्थलमा पूजा अर्चना गरेका छन् ।
साङ्गबेद संस्कृत माध्यमिक विद्यालय परिसरमा रहेको आश्रममा नगर प्रमुख पवित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्र संग्रौला र वडाध्यक्ष किशोर पौडेलसहितका जनप्रतिनिधिले पूजा अर्चना गरेको गरेका हुन् ।
उक्त अवसरमा बटुकहरुले धार्मिक संस्कार अनुसार स्वस्ति वाचनसहित मेयर उपमेयरको टोलीलाई स्वागत गरेका थिए । मन्दिरको दर्शनपछि मेयर उपमेयरको टोलीले त्यहाँ निर्माणाधीन भवनको अवलोकन पनि गरेको थियो ।


















