- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
बिर्तामोड–जिल्ला निर्वाचन कार्यालय झापाले बिर्तामोड नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई बिजयी प्रमाणपत्र बितरण गरेको छ ।
आज दिउँसो नगरपालिका कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा नगरका ५२ जना जनप्रतिनिधिलाई उक्त प्रमाणपत्र बितरण गरिएको हो ।
निर्वाचन अधिकृतको कार्यालयका प्रमुख डम्वरप्रसाद काफ्लेले नगर प्रमुख पवित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्र संग्रौलासहित निर्वाचित वडाध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणपत्र बितरण गरेका हुन् ।

प्रमाणपत्र वितरण गर्दै अधिकृत काफ्लेले निर्वाचित जनप्रतिनिधिको नेतृत्वमा स्थानीय तहको कार्यक्षमता बृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपाने, बिर्तामोडका डीएसपी रुगम कुँवर लगायतकाे सहभागिता रहेको थियो।
कार्यक्रममा मेयर प्रसाईले निर्वाचनमा अहाेरात्र खटिने कर्मचारीलाई धन्यवाद दिइन् । उनले जनप्रतिनिधि मालिक नभई जनताको सेवकका रुपमा खट्नुपर्ने बताइन् ।
जनताका हरेक समस्या र सुखदुःखमा जनप्रतिनिधि साथी हुनुपर्छ, मेयर प्रसाईले भनिन् ।
कार्यक्रमको सहजीकरण बिर्तामोड नगरपालिकाका योजना अधिकृत जय तिम्सिनाले गरेका थिए।