- क्यान झापाको क्रियाशीलता : एकै दिन तीनवटा कार्यक्रम
- प्रधानमन्त्री खोज्दै संसद : नाराबाजीमा उत्रिए विपक्षी सांसद
- प्रधानमन्त्रीलाई सदनमा बोलाउन सभामुख पुगे सिंहदरबार, सकारात्मक जवाफ पाएनन्
- टाउकोमा दाउ हानेर श्रीमतीको हत्या
- भारतीय अवरोधपछि काँकडभिट्टा नाकाबाट नेपाली चिया निर्यात ठप्प
झापा–राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेद्वार सूर्यकुमार खतिवडाले अर्जुनधारा नगरपालिकाका नव निर्वाचित मेयर बलदेव गोम्देनलाई बधाई तथा शुभकामना दिएका छन् ।
गोम्देन निर्वाचित भए लगत्तै मेयरका प्रत्यासी समेत रहेका खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई तथा शुभकामना दिएका हुन् ।
खतिवडा आफैँ राप्रपाका तर्फबाट मेयरका प्रत्यासी थिए । उनले निर्वाचित मेयर गोम्देन जस्तो विकासप्रेमी र सालिन व्यक्तित्व अर्जुनधाराले पाएको जनाउँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।
नेपाली काङ्ग्रेसका उमेद्वार रञ्जिता कार्कीलाई ५,४२६ मत अन्तरले पराजित गर्दै गोम्देन मेयरमा निर्वाचित भएका थिए ।
निर्वाचन कार्यालयका अनुसार गोम्देनले १९,१६९ मत प्राप्त गरिरहँदा काङ्ग्रेस उमेद्वार कार्कीले १३,७४३ मतमा चित्त बुझाउनु परेको छ ।
















