२२ माघ २०७९, आइतबार | Sun Feb 5 2023

‘व्यवस्थापकीय रुपमा पाँचदलीय गठबन्धन असफल’



बिर्तामोड– नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले व्यवस्थापकीय रुपमा पाँचदलीय गठबन्धन पुरै असफल भएको टिप्पणी गरेका छन् । राजनीतिक रुपमा भने गठबन्धन सफल भएको उनको तर्क छ ।

‘व्यवस्थापकीय रूपमा गठबन्धन पूरै असफल । तर, राजनीतिक रूपमा निकै सफल भएको छ’, नेता सिटौलाले भने । उनले एजेन्डा थाहा नपाई जनताले काङ्ग्रेसलाई उत्साहजनक मत दिएको बताएका छन् ।

नेता सिटौलाले चुनावी व्यवस्थापन पक्ष कमजोर रहँदा पनि पार्टीलाई प्राप्त नतिजा उपलब्धिमूलक भएको दावी गरे ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार ००:००  ७ : ४९ बजे