• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. स्थानीय तह निर्वाचन
  3. शानदार जीतसँगै बिर्तामोडमा एमालेको विजय जुलुस (फाेटाे फिचर)
 शानदार जीतसँगै बिर्तामोडमा एमालेको विजय जुलुस (फाेटाे फिचर)
स्थानीय तह निर्वाचन

शानदार जीतसँगै बिर्तामोडमा एमालेको विजय जुलुस (फाेटाे फिचर)

by Speak ७ जेष्ठ २०७९, शनिबार ११:३६
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


झापा– नेकपा एमालेले आज बिर्तामोडमा बिजय जुलुस निकालेको छ । एमाले बिर्तामोड नगर कमिटीको आयोजनामा विजय जुलुस निस्किएको हो । नगरपालिका कार्यालय अगाडिबाट निस्किएको विजय जलुसले नगरका विभिन्न भाग परिक्रमा गरेको छ ।

नेकपा एमालेले बिर्तामोडमा शानदार जीत हासिल गरेको खुशीयालीमा निकालिएको विजय जुलुसमा ठूलो संख्यामा नेता कार्यकर्ता र शुभेच्छुक सहभागी भएका छन् ।

एमाले नगर कमिटीले आफ्ना उमेद्वार बिजयी गराउन महत्वपूर्ण भूमिका खेल्ने सबै शुभेच्छुक र मतदातालाई धन्यवाद पनि दिएको छ । एमालेका तर्फबाट बिर्तामोडमा नगर प्रमुख र उपप्रमुखसहितका जनप्रतिनिधि निर्वाचित भएका छन् ।

नगर प्रमुखमा पवित्रा महतरा प्रसाई र उपप्रमुखमा नगेन्द्र संग्रौला बिजयी भएका छन् । वडा नम्वर १,२,३,४,७ र ९ नम्वर वडामा एमालेले प्यानलसहित जीत हात पारेको नगर कमिटी अध्यक्ष सुवास भट्टराईले बताए ।

जुलुसअघि आयोजित सभामा बोल्दै नेकपा एमाले झापाका इञ्चार्ज अग्नि खरेलले सबैलाई समान व्यवहार गरेर एमालेले स्थानीय सरकार चलाउने बताए।

अलग-अलग विचार सिद्धान्त भएका पार्टीहरु एक ठाउँमा डल्लो परेर गठबन्धन गरे पनि त्यसलाई जनताले अस्वीकार गरेर देखाइ दिएको नेता खरेलले बताए ।

उनले विर्तामोडमा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न निर्वाचित जनप्रतिनिधि गम्भीर र संवेदनशील हुने उल्लेख गरे ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.