- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
बिर्तामोड– गठबन्धन दलका नाममा मिलेर चुनाव लडेका राजनीतिक शक्तिको तुलनामा एकल प्रतिस्पर्धामा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले बिर्तामोडमा सम्मानजनक मत प्राप्त गरेको छ । बलियो जनाधार निर्माण गर्दै गरेको अवस्थामा राप्रपाले बिर्तामोडमा अनपेक्षित मत पाएको हो ।
राप्रपाका नगर प्रमुखका उमेद्वार ध्रुव उप्रेतीले ५,६५६ मत पाएका छन् । उपप्रमुखकी उमेद्वार रञ्जु प्याकुरेलले ६,८८० मत ल्याएकी छन् ।
सामाजिक अभियानमा निरन्तर सक्रिय प्याकुरेलले उप्रेतीको तुलनामा १,२०४ मत बढी प्राप्त गरेकी हुन् । उनको छुट्टै लोकप्रियताका कारण मतदाताले बढी विश्वास गरेको प्राप्त मतले देखाएको छ ।
मुख्य पदमा जीत हासिल गर्न नसके पनि राप्रपाले बिर्तामोड–८ मा वडाध्यक्ष जितेको छ । प्यानलसहित राप्रपाका तर्फबाट अजय कार्की वडाध्यक्षमा निर्वाचित भएका छन् । वडाध्यक्षका रुपमा कार्कीको यो दोस्रो कार्यकाल हो ।
बिर्तामोडमा राप्रपाले वडा नम्वर १० मा वडा सदस्य पनि जितेको छ । राप्रपाका तर्फबाट पृथ्वी बस्नेत बिजयी भएका छन् । यसबाहेक राप्रपाले बिर्तामोडका दुई वटा वडामा गठबन्धनमा आवद्ध काङ्ग्रेसलाई तेस्रो प्रतिस्पर्धी शक्तिका रुपमा खुम्च्याइदिएको छ ।
बिर्तामोड–२ मा राप्रपाले एमालेसँग प्रतिस्पर्धा गरेको हो । राप्रपा दोस्रो भइरहँदा माओवादीको साथ पाएको काङ्ग्रेस तेस्रो भएको छ । राप्रपा उमेद्वार शंकर रिजाललाई हराउँदै बिर्तामोड–२ मा एमाले उमेद्वार किशोर पौडेल बिजयी भएका छन् ।
पाँच दलीय समर्थनमा उभिएको काङ्ग्रेस भने राप्रपा भन्दा १३२ मतले कमजोर देखिएको छ । वडाध्यक्षका काङ्ग्रेस प्रत्यासी धर्म लक्सम्वाले १२३० मत ल्याएका छन् ।
राप्रपाका रिजाललाई एमालेका पौडेलले ६५९ मतले हराएका छन् । पौडेलले २०२१ मत ल्याइरहँदा रिजालले १३६२ मत पाएका छन् । चुनावी नतिजाले काङ्ग्रेस भन्दा राप्रपाका उमेद्वार बलियो देखाएको छ ।
वडाध्यक्ष मात्र होइन, अरु चार वडा सदस्यमा पनि राप्रपाका उमेद्वार काङ्ग्रेस भन्दा अगाडि देखिएका छन् । यसअघि पनि उक्त वडामा एमालेले प्यानलसहित जितेको थियो ।
यसपटक उक्त वडामा माओवादी केन्द्र लगायतका दलको साथ लिँदा पनि काङ्ग्रेसको राजनीतिक जनाधार कमजोर देखिएको हो ।
बिर्तामोड–७ मा पनि राप्रपा उमेद्वार दोस्रो प्रतिस्पर्धीका रुपमा देखिएका छन् । त्यहाँ प्यानलसहित एमालेले जितेको छ । राप्रपा उमेद्वारलाई हराउँदै एमाले बिजयी भएको हो । वडागत प्रतिस्पर्धाका आधारमा काङ्ग्रेस तेस्रो स्थानमा छ ।