
सिटौलाले बधाई दिँदा भावुक भइन् पवित्रा
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
बिर्तामोड– नगर प्रमुखका प्रतिस्पर्धी उमेद्वार नेपाली काङग्रेसका भोजराज सिटौलाले जीतको बधाई तथा शुभकामना दिइरहँदा एमाले नेतृ पवित्रा महतरा प्रसाई भावुक भएकी छन् ।
हार्दिकता साट्दै सिटौलाले प्रसाईलाई आज दिउँसो बिर्तामोड नगरपालिका कार्यालय अगाडि बधाई दिएका थिए । प्रतिस्पर्धामा हार जीत स्वभाविक भएको भन्दै आपसी सद्भाव र समन्वयका लागि सिटौलाले नवनिर्वाचित मेयर प्रसाईलाई बधाई तथा शुभकामना दिएका हुन् ।
एमालेका सयौँ नेता र कार्यकर्ता बीच हर्ष उल्लास मनाइरहेका बेला प्रतिद्वन्द्वी सिटौलाले फूल गुच्छासहित बधाई दिँदा प्रसाईले भावुक हुँदै आँखाभरि आँसु पारिन् ।

सिटौलालाई ३,७५८ मतान्तरले हराउँदै प्रसाई नगर प्रमुखमा निर्वाचित भएकी हुन् । प्रसाईले १६५२० मत प्राप्त गरिरहँदा सिटौलाले १२७७२ मतमा चित्त बुझाउनु परेको छ । उपप्रमुखमा एमाले नेता नगेन्द्र संग्रौला निर्वाचित भएका छन् ।