- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
बिर्तामोड– स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत झापा गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जयनारायण साह बिजयी भएका छन् ।
निकटतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार गौरीशंकर राजवंशीलाई २,६३३ मतान्तरले पराजित गर्दै साह बिजयी भएका हुन् ।
साहले ६,९९८ मत प्राप्त गरिरहँदा राजवंशीले ४,३६५ मतमा चित्त बुझाउनु परेको छ । झापा गाउँपालिकामा साहको यो दोस्रो कार्यकाल हो ।
यसअघिको निर्वाचनबाट पनि उनी गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । अघिल्लो कार्यकालमा उल्लेख्य काम गरेको जनाउँदै कांग्रेसले साहलाई टिक दिएको थियो ।
गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अन्जुदेवी थपलिया ५,८६८ मतसहित विजयी भएकी छन् ।
निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार देवीमाया अधिकारीलाई पराजित गर्दै थपलिया वियजी भएकी हुन् । अधिकारीले ४,३७१ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
सीमावर्ती पालिकाको सात वडामध्ये पाँचवटा वडा कांग्रेसले जितेको छ । पालिकाको दुईवटा वडामा भने बागी उम्मेदवार निर्वाचित भएका छन् ।