- क्यान झापाको क्रियाशीलता : एकै दिन तीनवटा कार्यक्रम
- प्रधानमन्त्री खोज्दै संसद : नाराबाजीमा उत्रिए विपक्षी सांसद
- प्रधानमन्त्रीलाई सदनमा बोलाउन सभामुख पुगे सिंहदरबार, सकारात्मक जवाफ पाएनन्
- टाउकोमा दाउ हानेर श्रीमतीको हत्या
- भारतीय अवरोधपछि काँकडभिट्टा नाकाबाट नेपाली चिया निर्यात ठप्प
बिर्तामाेड– राष्ट्रिय प्रजातन्त्र पार्टीले आज झापाको भद्रपुरमा बिजय जुलुस निकालेको छ । भद्रपुरको उपप्रमुखमा आफनो पार्टीका तर्फवाट राधा कार्की बिजयी भएको खुशीयालीमा राप्रपाले जुलुसु निकालेको हो ।

पॉच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार भएका शिवकुमार राजभण्डारीलाई हराउँदै कार्की उपप्रमुखमा विजयी भएकी थिइन् । नगर प्रमुखमा भने काङ्ग्रेसका तर्फबाट उम्मेदवार भएका गणेश पाेखरेल निर्वाचित भएका छन् ।

राधाले ९ हजार २३० मत ल्याउँदा शिवकुमारले ८ हजार ५३३ मत प्राप्त गरे । उपमेयरमा पराजित शिवकुमार अघिल्लो पटक माओवादी केन्द्रबाट मेयरमा लडेर तेस्रो भएका थिए ।
सामाजिक अभियानमार्फत राजनीतिक सक्रियता बढाउँदै गएकी नेतृ कार्कीको जीतले राप्रपा थप उत्साहित भएको छ । यसअघि राप्रपाले झापाको हल्दीवारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।
सामाजिक अभियानमार्फत राजनीतिक सक्रियता बढाउँदै गएकी नेतृ कार्कीको जीतले राप्रपा थप उत्साहित भएको छ । यसअघि राप्रपाले झापाको हल्दीवारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।
राप्रपाका तर्फबाट अध्यक्षमा रविन्द ्रलिङ्देन र उपाध्यक्षमा लक्ष्मीदेवी मैनाली निर्वाचित भएका थिए । अघिल्लो पटकको निर्वाचनमा भन्दा २ हजार ९ सय १३ मत बढी ल्याएर लिङ्देनले दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्ष बन्ने सौभाग्य प्राप्त गरेका हुन् ।
















