- ‘हामी आउँदैछौं’ अभियानमा रास्वपा, स्थानीय तह निर्वाचन लक्षित परिचालन
- चारपाने युनाइटेड सेमिफाइनलमा
- भोटेकोशी -त्रिशूलीको खोज तथा उद्धार स्थगि
- पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
- बाढीपीडितका लागि झापाका निजी विद्यालयले जुटाए १ करोड ८ लाख
बिर्तामाेड– राष्ट्रिय प्रजातन्त्र पार्टीले आज झापाको भद्रपुरमा बिजय जुलुस निकालेको छ । भद्रपुरको उपप्रमुखमा आफनो पार्टीका तर्फवाट राधा कार्की बिजयी भएको खुशीयालीमा राप्रपाले जुलुसु निकालेको हो ।

पॉच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार भएका शिवकुमार राजभण्डारीलाई हराउँदै कार्की उपप्रमुखमा विजयी भएकी थिइन् । नगर प्रमुखमा भने काङ्ग्रेसका तर्फबाट उम्मेदवार भएका गणेश पाेखरेल निर्वाचित भएका छन् ।

राधाले ९ हजार २३० मत ल्याउँदा शिवकुमारले ८ हजार ५३३ मत प्राप्त गरे । उपमेयरमा पराजित शिवकुमार अघिल्लो पटक माओवादी केन्द्रबाट मेयरमा लडेर तेस्रो भएका थिए ।
सामाजिक अभियानमार्फत राजनीतिक सक्रियता बढाउँदै गएकी नेतृ कार्कीको जीतले राप्रपा थप उत्साहित भएको छ । यसअघि राप्रपाले झापाको हल्दीवारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।
सामाजिक अभियानमार्फत राजनीतिक सक्रियता बढाउँदै गएकी नेतृ कार्कीको जीतले राप्रपा थप उत्साहित भएको छ । यसअघि राप्रपाले झापाको हल्दीवारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।
राप्रपाका तर्फबाट अध्यक्षमा रविन्द ्रलिङ्देन र उपाध्यक्षमा लक्ष्मीदेवी मैनाली निर्वाचित भएका थिए । अघिल्लो पटकको निर्वाचनमा भन्दा २ हजार ९ सय १३ मत बढी ल्याएर लिङ्देनले दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्ष बन्ने सौभाग्य प्राप्त गरेका हुन् ।



















