- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
बिर्तामोड- झापाको काँकडभिट्टाबाट ३० तोला सुनसहित एक युवक पक्राउ परेका छन् । कैलाली जिल्ला जानकी गाउँपालिका ५ स्थायी घर भई झापाको दमक नगरपालिका २ बस्दै आएका ३३ वर्षीय धिरेन्द्रप्रसाद जैसी पक्राउ परेका हुन् ।
झापाका डिएसपी वसन्त पाठकले काँकडभिट्टास्थित मेची पुल नजिकै लागूऔषध ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले जैसीलाई सुनसहित पक्राउ गरेको बताए ।
भारतबाट आइरहेका जैसीमाथि शंका लागेर प्रहरीले खानतलासी गर्दा जुत्ताभित्र तीन वटा बिस्कुट आकारको सुन भेटिएको हो ।
बरामद गरिएको सुनको नेपाली बजार मूल्य २८ लाख रुपैयाँ बराबर छ । जैसीलाई सुनसहित मेची भन्सार कार्यालयमा बुझाइएको पाठकले बताए ।