१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

बिर्तामोडमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु




बिर्तामोड- झापाको बिर्तामोडमा ट्रकको ठक्कर एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–४ निवासी ५२ वर्षीय टंक काफ्ले रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत बिर्तामोडको राम चोकमा सडक दक्षिणमा पार्किङ गरी राखिएको प्रदेश–१–१०–००१ ख ३५९४ नम्बरको ट्रक सडकमा निकाल्ने क्रममा पैदल यात्री काफ्लेलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्ता सिटी अस्पताल पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार ००:००  २ : ५६ बजे